तपाइको आजको दिन

साउन ७ । आज २०७६ साल साउन ७ गते मंग्लवार, तदअनुसार जुलाई २३, षष्ठी

मेष: जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

बृष: मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला ।

मिथुन: आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवनपनि सन्तोषप्रद रहनेछ ।

कर्कट: रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

सिंह: बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला ।

कन्या: धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सोचेका काम पूरा हुनेछ ।

तुला: दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।

वृश्चिक: मनोरञ्जनमा सहभागी भइएला । रमणीय र सुखद् यात्राको योग छ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

धनु: दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

मकर: आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ: धार्मिक यात्राको योगछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । प्रेमीको सहयोग मिल्नेछ ।

मीन: हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।
-ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईंको प्रतिकृया