काठमाडौं नेहामा लाकौलकै लश्कर

सुनिता लाकौलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । नेपाल होस्टल एसोसिएसन काठमाडौं जिल्ला कार्य समितिको निर्वाचनमा सुनिता लाकौलको प्यानल अत्याधिक मतले विजयी भएको छ । एसोसिएसनको पाँचौ जिल्ला साधारणसभाबाट लाकौल समुह निर्वाचित भएको हो । उक्त सभाको उद्घाटन काठमाडौं महानगपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका थिए ।

एसोसिएसनको काठमाडौं जिल्ला कार्य समिति अध्यक्ष रुपाली पौडेल गुरागाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम लगत्तैको बन्द सत्र र निर्वाचनले सुनिता लाकौलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

उपाध्यक्षमा राजु भुजेल, सचिवमा नरेन्द्र बहादुर बोहरा निर्विरोध निर्वाचित भए । सहसचिव र कोषाध्यक्षमा क्रमशः हिक्मत बहादुर थापा र चन्द्र प्रकाश मिश्र निर्विरोध भएका थिए । त्यसैगरी सदस्यहरुमा कुसुम घिमिरे, भोजिन्द्र श्रेष्ठ, जया पौडेल र सत्या श्रेष्ठ विजयी भएका छन् ।

तपाईंको प्रतिकृया