सागअघि रंगशाला पुनःनिर्माण पुरै नसकिने

काठमाडौं । मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि पोखरा रंगशाला पुनःनिर्माण पुरै नसकिने भएको छ । निर्माण कम्पनीले कात्तिकसम्म आंशिक रुपमा निर्माण सम्पन्न गर्ने युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको हो ।

सागअन्तर्गत महिला फुटबल पोखरा रंगशालामा हुँदै छ । मन्त्रालयमा शुक्रबार भएको बैठकमा कम्पनीका प्रतिनिधिले साग नरोकिने गरी निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

बैठकका निर्णयबारे जानकारी दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यकारी सदस्य राजेश गुरुङले सागका खेल नरोक्न सबै सरोकारवाला सकारात्मक भएको बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

तपाईंको प्रतिकृया