कक्षा १२ को नतिजा साउन भित्र

 

ललितपुर । कक्षा १२ को नतिजा साउन भित्र प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परिक्षा बोर्डका अनुसार कक्षा १२ को नतिजा सक्भर साउन १५ भित्रै सार्वजनिक गर्नेगरी काम भैरहेको जनाएको छ । केहि प्रविधिक समस्या आए साउनको अन्तिम भित्र सार्वजनिक हुने राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ ।

कक्षा ११ को नतिजा भने आउन केहि समय कुर्नुपर्ने छ । कक्षा १२ को नतिजा आएपछि मात्र कक्षा ११ को नतिजा आउनेछ ।

तपाईंको प्रतिकृया