गर्मी मौसममा बाहिर हिड्दा सुर्यको किरणले छालामा चाउरीपना ल्याउने गर्दछ । खासगरि चाउरीपना उमेरको कारण भन्दा पनि सुर्यको घामबाट बढि हुने गर्दछ । प्राय दश प्रतिशत सुर्यबाट आउने यूविए र यूविवि किरणको कारणले चाउरीपना आउने गर्दछ ।

सुर्यको किरणले बाहिर भागलाई मात्र नभएर भित्री भागलाई समेत असर पार्ने गर्दछ । जसले गर्दा छाला चिलाउने, फुस्रो आउने र चाउरी पर्ने गर्दछ । तर यो कुनै ठूलो समस्या नभई सुर्यबाट हुने असर हो । यसलाई सजिलै समाधान गर्न सकिन्छ ।

पिसेको बदाम एक चम्चा, सुन्तलाको बोक्राको पाउडर एक चम्चा, जौ को पिठो एक चम्चा र पाउडर दुध आधा चम्चा सबै गुलाब जलमा मिसाई घोलेर अनुहारमा लगाउने र सफा पानीले धुने । यदि छाला सुख्खा किसीमको छ भने २० मिनेट सम्म राख्ने र २० मिनेट पछि धुने । यो प्रकृया हप्ताको एक पटक गर्दा पनि छाला नरम हुन्छ । तर छाला तैलिय छ भने यो प्रकृया हप्ताको दुई देखि तीन पटक गर्नुपर्नेछ । यसले छाला चम्किलो बनाउँछ साथै चाउरीपना कम गर्दछ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।