काठमाडौं, जेठ २९ । समाजवादी पार्टी नेपालले बिहीबार (भोलि) निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ ।

गत वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपाल र बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण भएको थियो । पार्टी एकीकरण भएको करिब १ महिनापछि दल दर्ता गर्ने प्रक्रिया अगाडि बढाइन लागेको हो ।

बिहीबार मध्याह्न १२ः३० बजे निर्वाचन आयोगमा दल दर्ता गरिने जनाइएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।