आमाको मुख हेर्ने दिन आयो यस्तो खबर, दादागिरी गर्ने ३ भारतीय पक्राउ (भिडियो सहित)


प्रहरीको जानकारी र पिडितको बयानलाई आधार मानेर भन्ने हो भने ३ भारतिय नागरीक पोखरामा आएर दादागिरी देखाएका छन् । पोखरा घुम्न भनेर बिहारबाट आएका भारतियहरुले पोखराको एक होटलका संचालकलाई फिल्मी शैलीमा अपहरणको प्रयास गर्दै कुटपिट गरी गुडिरहेको गाडीबाट फालिदिए । उनीहरु अहिले प्रहरीको फन्दामा छन् । गण्डकी छड्केले पिडितको बयान सहित ३ भारतियहरुलाई प्रस्तुत गरेको छ । गण्डकी छड्केको यो श्रृंखलामा अर्को एउटा हृदयविदारक घटना छ । आमाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रस्तुत गरीएको कार्यक्रममा एक आमा, जसको छोराको ४ बर्ष अघि रहस्यमय हत्या हुन्छ । ४ बर्ष सम्म ति आमा रुँदै, कराउँदै, भक्कानिदै बिभिन्न निकायमा छोराको लागी न्यायको भिख माग्छिन । तर प्रहरीले अपराधीको अत्तोपत्तो पाउन नसकेको यो घटनाले ४ बर्ष पछी नया मोड लिएको छ ।

बाँकी भिडियोमा हेर्नुहोस् …

तपाईंको प्रतिकृया