सकारात्मक सोचको विकास कसरी गर्ने ?

सबैलाई राम्रा चिजहरु मात्र मनपर्छ । सपिङ जाँदा राम्रा–राम्रा लुगाहरु मात्र किन्छौँ, घरको लागि राम्रो सामानहरु ल्याउँछौँ, राम्रो र मिठो खानेकुराहरु मात्र खाने इच्छा राख्छौँ, बिहे गर्दा सकभर बाहिरी र भित्रि दुबैतर्फबाट राम्रो भएको मानिससँग बिहे गर्दछौँ । लगभग सबै मानिसहरुको इच्छा आफूलाई राम्रो लाग्ने कुराहरु मात्र बढि गर्न रुचाउँछन् ।

मानिसहरुमा राम्रो प्रतिको चाख बढी हुन्छ भन्ने थाहा पाएरै धेरै मानिसहरु अरुहरुका अगाडि राम्रो भएको ढोंग गर्दछन् तर यस्तो ढोंगको ढिलोचाँडो पर्दाफास भएरै छाड्छ, जब हुन्छ तब यसको प्रभाव निकै नराम्रो हुन्छ । यहाँ यस्ता उपायहरु दिइएका छन् जसले तपाईंलाई मनबाट नै राम्रो र सकारात्मक सोच राख्ने व्यक्ति बन्न मद्दत गर्छ ।
इच्छा राख्नुहोस्:
आफू राम्रो र सकारात्मक सोंच राख्छु भन्ने कुराको तपाईंलाई मनदेखि नै इच्छा हुनुपर्छ । यस्तो कुराहरुको इच्छा तब मात्र हुन्छ जब राम्रो सोचले तपाईंको जीवन सुधार्छ भन्ने भावना तपाईंभित्र हुन्छ । यदि तपाईंमा सकारात्मक सोच छ भने तपाईंलाई मानिसहरुले विश्वास गर्न थाल्छन्, मानिसहरु तपाईंसँग नरम भएर कुरा गर्न थाल्छन्, अफिसमा तपाईंको तारिफ हुन थाल्नेछ ।
यथार्थमा आउनुहोस्:
साधु बन्ने प्रयास नगर्नुहोस् । सकारात्मक सोच राख्ने व्यक्तिको दिमागमा कहिले पनि नराम्रो सोच र नराम्रो घटना घटित नहुने भन्ने हुँदैन । समग्र रुपमा तपाईं कुनै कुरालाई कसरी लिनुहुन्छ भन्ने हो । यदि तपाईंले चाहनुभएको जस्तो नभएको खण्डमा र आफू लक्ष्यबाट बिमुख भए पनि नआत्तिनुहोला । दिमागमा जहिले पनि नराम्रो समयबाट कसरी निस्कने भन्ने कुरा सोचिहनुपर्नेछ ।
एक्सपेरिमेन्ट गर्नुहोस्:
केहि कुरालाई ध्यान लगाएर नियाल्नुहोस् । आफ्नो दैनिक जीवनलाई नै सकारात्मक तरिकाले कसरी बिताउने भन्ने बारेमा सोच्नुहोस् । यसो गर्नाले तपाईं कत्तिको सकारात्मक सोच्नुहुन्छ भन्ने कुराको पुष्टि हुन्छ । याद राख्नुहोस्, तपाईंको अरुप्रति विश्वास गर्ने क्षमताले तपाईंको बौदिकता झल्काउँछ ।
बोली र शारीरिको हाउभाउः
आफ्नो दैनिक जीवनमा राम्रो र शिष्ट भाषाको प्रयोग गरौँ । आफ्नो शरीरको हाउभाउलाई मित्रवत् बनाउनुहोस् । केहि कुराले तपाईंलाई खुसी बनाउँछ भने त्यो देखेर खुसी हुनुहोस्, हाँस् उठ्दो लाग्ने कुरामा मन खोलेर हाँस्नुहोस् । यदि कसैले नयाँ केहि किनेको खण्डमा बधाई दिनुहोस् र केहि कुराप्रति अरुको धारणा कस्तो छ, त्यो पनि सुन्नुहोस् । म मात्र रमाइलो र जान्ने छु भनेर कहिले पनि नसोच्नुहोस् ।
साथः
सकारात्मक सोचका लागि मानिसहरुको साथको पनि निकै महत्वपूर्ण भूमिका हुन्छ । यदि तपाईंसँग धेरै समय आशावादी सोच र घोत्लिएर बस्ने मानिसहरु छन् भने तपाईं पनि त्यहि व्यवहार अरु मानिसहरुको अगाडि गर्नुहुनेछ । यदि तपाईंको साथमा सकारात्मक सोच भएका, खुसी साथीहरु छन् भने तपाईं जहाँ जानुहुन्छ त्यहि सकारात्मक सोच र खुसी लिएर जानुहुन्छ ।
क्रियाकलापः
केहि कार्य नगरि नबस्नुहोस् । अरुसँग हुँदा र एक्लै बस्दा पनि राम्रो काम गरेर बस्नुहोस् । जोक साटासाट गर्नुहोस्, रमाइलो घटनाहरु छ भने भन्नुहोस्, खेलकुदमा भाग लिनुहोस्, काम पछि इभिनिङ वाकको लागि निस्कनुहोस्, स्वस्थ संभोग राख्नुहोस् । यति गर्नुभयो भने तपाईं आफैं सकारात्मक शक्तिको उजागर भएको महसुस गर्नुहुनेछ ।
धन्यबाद दिनुहोस्:
भगवानलाई, आफ्नो परिवारलाई, साथीभाइलाई र आफैँलाई, धन्यबाद भन्न कहिले पनि नछुटाउनु होला ।
यति कुराहरु पालना गर्नुहोस्, अरुले तपाईंमा परिवर्तन देख्नेछन् ।
तपाईंको प्रतिकृया