देश चिनाउन डोमेस्टिक टुरिजम मार्ट

सफलता भण्डारी
अनलाइन पत्रिका/काठमाडौं

‘पहिला देश अनि बिदेश’ भन्ने मुल नाराका साथ यही बैशाख १३ र १४ गते डोमेस्टिक टुरिजम मार्टको आयोजना हुँदैछ । निजि क्षेत्रको तर्फबाट पहिलोपटक आयोजना हुन लागेको आन्तरिक पर्यटन मेलाको उद्धघाटन पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गर्ने कार्यक्रम संयोजक माधव प्रसाद सुवेदीले बताए ।

गतब्य नेपाल इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको यस कार्यक्रममा ७७ वटै जिल्लाबाट १११ वटा व्यवसायिक तथा फुड स्टलहरु राखिने छ । नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० अभियानलाई सहयोग गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने आन्तरिक पर्यटन मेलामा २ लाख अवलोकन कर्ताले अवलोकन गरिने अनुमान आयोजकको छ ।

कार्यक्रममा बिभिन्न स्टलहरुको साथै विभिन्न जातिहरुको सांस्कुतिक झाँकीसहितको प्रदर्शनी तथा राष्ट्रिय कला संस्कृति झल्काउने नृत्य, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको लोकदोहोरीलगायतको मनोरञ्जनात्मक प्रस्तुतिहरु समेत रहने अध्यक्ष शिव अधिकारीले अनलाइन पत्रिकालाई बताए ।

तपाईंको प्रतिकृया