भूकम्पको ठूलै कम्पन

काठमाडौं । धादिङको नौबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्प गएको हो । बिहान ६ बजेर २९ मिनेट जाँदा राजधानीमा भूकम्पको धक्का महसुश भएको हो । राष्ट्रिय भूकम्पका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको थियो ।

भूकम्पको पहिलो धक्काको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको पराकम्प गएको पनि केन्द्रले जनाएको छ । एकाबिहानैको यो भूकम्पले जनसमुदायमा त्रास बढेको छ ।

तपाईंको प्रतिकृया