सन्तोष परियार
अनलाइन पत्रिका/कला व्यूरो

२०५६ सालमा रेडियो नेपालमा पहिलो गीत ‘नदी एउटै भएपनि किनारा दुई छ’ बाट उदाएका गायक प्रेम प्रकाश ओलीले ‘हल्ला नगर, घुम्न जाऊ सरर’ भन्दै दर्शकलाई निम्तो दिएका छन् । दुई एकल एल्बम र दर्जनौं गीतमा स्वर दिइसकेका प्रेमको यो गीतको भिडियो भर्खरै सार्वजनिक भएको हो ।

गीतमा मेलिना राईको स्वरपनि छ । गीतमा नृत्य गुरु दिपेन्द्र शाही ठकुरी र करिश्मा ढकालको जोडीले गीतलाई थप आकर्षक बनाएको छ । गीतमा ठकुरीको निर्देशन र कोरियोग्राफी रहेको छ । डा. विपी भुषालको रचना र बीबी अनुरागीको संगीत रहेको यो गीतको शुटिङ महानगरपालिकाको सुन्दर बगैचाभित्र गरिएको थियो ।

सार्वजनिक गीतको भिडियो

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।