सोचे भन्दा भव्य भयो क्यानडामा नेपाली न्यु ईयर

एजेन्सी । सुगम संगीत क्षेत्रका लोकप्रिय गायक कन्हैया सिंह, चर्चित गायिका अन्जना गुरुङ, हाँस्य कलाकार नारायण त्रिपाठी र नवमोडल एवं डान्सर अपेक्षा सिंहको बेजोड प्रस्तुतिले नेपाली नयाँ बर्ष २०७६ को शुभकामना कार्यक्रम सोंचे भन्दा भब्य रमाईलो भएको कुरा आयोजक संस्था एनसिसिएसका अध्यक्ष बिदुर केसीले बताउनु भयो ।
गायिका अन्जना गुरुङले ‘आखैंमा राख्छु मेरो देश’, ‘आँधी सरि तिम्रो माया’, ‘एटम बम’, ‘छम्म छम्म नाँची देउ’, ‘म त काली सुन्दरी’ लगायत आफ्नो लोकप्रिय गीतहरु प्रस्तुत गर्नु भएको थियो भने गायक कन्हैया सिंहले ‘तिम्ले भुल्न सकेपनि’, ‘फुलबुट्टे सारी’, ‘वा रे वा’ लगायतका आफ्ना लोकप्रिय गीतहरु सहित आधा दर्जन जति सदाबहार युगल गितहरु गायिका अन्जना गुरुङसंग प्रस्तुत गर्दा कार्यक्रम हलमा भएका सम्पुर्ण दर्शकहरु नाचेर साथ् दिएका थिए । हाँस्य कलाकार नारायण त्रिपाठीले व्यंगात्मक प्रस्तुति र हाँस्य नृत्य प्रस्तुत गर्दा सबै हाँसेका थिए भने नवमोडल एवं डान्सर अपेक्षा सिंहको राष्ट्रिय भावको नृत्य र मोडर्न नृत्यमा दर्शकबाट वाहवाही पाउनुको साथ् साथै दर्शकको ‘वन्स मोर’को हुटिंग, पहिलो पटक सोलो प्रस्तुति भनिएकी अपेक्षाले पाएकी थिईन ।

उक्त कार्यक्रममा क्यानडामा बसोबास गर्नु हुने लोकगायक बुद्धि सागर बस्यालले पनि आफ्नो लोकप्रिय गीत गाउनु भएको थियो भने स्थानिय कलाकारहरुको पनि विशेष प्रस्तुति रहेको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरुलाई ताम्रपत्र सहित विशेष सम्मान गरिएको थियो ।

कार्यक्रम संचालन तुलसी पाठकले गर्नु भएको थियो भने क्यानाडाका सम्माननिय प्रधानमन्त्री जस्टीन ट्रुडो र अर्थमन्त्री बिल मोर्नेउ तथासीमा सुरक्षा तथा संगठित अपराध नियन्त्रण मन्त्री बिल ब्लेयेरले नेपाली नयाँ बर्षको उपलक्षमा सम्पुर्ण नेपालीहरुलाई दिनु भएको शुभकामना संदेशलाई कार्यक्रममा विशेष रुपमा सुनाईएको थियो ।

तपाईंको प्रतिकृया