सन्दिप लामिछानेलाई जिताउन दिने होइन त भोट ? (भोटिङ लिंक सहित)

काठमाडौं  । अहिले भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेको छ । आईपीएलको हरेक सिजनमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको मनोनयन सुरु भएको छ । यसमा नेपाली खेलाडी सन्दीप लामिछाने पनि पर्न सफल भएका छन् ।

दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् । मनोनयमा रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल रहेका छन् । प्रतियोगी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भइसकेको छ ।

सन्दिपलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिकृया