‘खै त बुझेको ?’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्रका गीतहरुबाट लोकप्रियताको शिखर चुमिरहेका गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीतमा रहेका ‘खै त बुझेको ?’ बोलको गीत सार्बजनिक भएको छ ।
गायक थमन गुरुङ र निर्मला घिसिङको स्वरमा रेकर्ड भएको रोमान्टीक गीत ‘खै त बुझेको ?’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।
सरोज अधिकारीको छायांकन तथा निर्देशनमा तयार भएको उक्त भिडियोमा मेलिसा खतिवडा र अनिल अधिकारीको अभिनय रहेको छ भने भिम विश्वकर्माको सम्पादन तथा सन्जीब रत्न शाक्यले रङ समायोजन गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् …

तपाईंको प्रतिकृया