क्रोएसियामा कमाल देखाउन उडे महिला भलिबल टोली

काठमाडौं
नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनसिप सहभागिता जनाउन न्यु डायमण्ड एकेडेमीका खेलाडी क्रोएसिया प्रस्थान गरेका छन् । न्यू डायमण्डबाट यु–१५ गल्र्स नेपाली टोलीको कप्तानी सेटर सजिना श्रेष्ठले गरेकी छन् ।

टिम प्रशिक्षकको भूमिकामा न्यू डायमण्ड एकेडेमीका प्रिन्सिपलसमेत रहेका कुमार राई रहेका छन् । क्रोएसिया जाने नेपाली टोलीका अन्य खेलाडीमा सोनी थपलिया, करिना सुनुवार, सविना तामाङ, दिया परियार, जोया गुरुङ,रिया कुँवर, प्रेक्षा राई र सुनिता खड्का रहेका छन् । प्रतियोगितामा नेपालसहित विभिन्न १४ देशको सहभागिता रहने छ । जसमा बुल्गेरिया, चिली, चीन, चाइनिज ताइपेइ, क्रोएसिया, इस्टोनिया, फ्रान्स, हंगेरी, म्यासेडोनिया, नेपाल, नेदरल्यान्डको दुई टोली, स्पेन र युक्रेन रहने नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) ले जनाएको छ । प्रतियोगिता १६ देखि २२ चैतसम्म सञ्चालन हुनेछ ।

टिमको नेतृत्व प्रमुख ब्यवस्थापकमा राजकुमार कार्कीले गरेका छन् । यस्तै ब्यवस्थापकमा सुनकेशरी माली, रेफ्रीको भूमिककामा अन्तर्र्रािष्ट्रय रेफ्री क्यानिडेड चन्द्रवदना राई र स्कुल डाइरेक्टरको भूमिकामा मोहनकुमार कार्की छन् ।

तपाईंको प्रतिकृया