गोदावरीमा गजेन्द्रको पानी कनेक्शन

ललितपुर
गोदावरी नगरपालिकाको पहलमा डिप बोरिङमार्फत थप खानेपानीको सुचारु गरिएको छ । गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा सो कार्य सम्भव भएको हो ।

नगरपालिकाको वडा नम्बर १० मुलडोल र चारघरेमा सम्पन्न गरिएको बोरिङबाट ६ ईञ्चको पानी आइरहेको छ । मुलडोलस्थित डिप बोरिङबाट आएको पानीलाई सोही वडाकै टाहाखेलस्थित खानेपानीको ट्याङ्कीमा जम्मा गरेर वितरण प्रणालीमा आजैबाट थप गरिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए ।

तपाईंको प्रतिकृया