ललितपुरमा करको अनुगमन स्थगित

अनलाइन पत्रिका
अर्थ व्यूरो

ललितपुर उद्योग वाणिज्य संघको प्रस्तावमाथि सहमति जनाउँदै ललितपुर महानगरपालिकाले तीव्र पारेको व्यवसाय कर र घर बहाल करको अनुगमन हाललाई स्थगित गरिएको छ । ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले तत्कालका लागि अनुगमन रोकिएको जानकारी संघलाई दिएकी हुन् ।

महानगरपालिकाको कर अनुगमनको अभ्यास नै स्विकार गर्न नसकेको भन्दै संघले असहमति जनाउँदै आएको संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले बताए । तर कला तथा संस्कृति महोत्सव उद्धघाटन भएकै दिनको साँझ संघ र महानगरपालिकाबीचको छलफल फलदायी बन्न पुगेको छ ।

बिकासको लागि महानगरपालिकाको राजस्व लक्ष्य शतप्रतिशत पुरा हुनुपर्छ भन्ने मान्यता बोक्दै आएको यस ललितपुर उद्योग बाणिज्य संघको ललितपुर महानगरपालिकालाई साथ दिने र सहकार्य गर्नको लागि इच्छुक रहेको संघका अध्यक्ष कृष्णलाल महर्जन बताउँछन् ।

 

महानगरपालिकाको कर अनुगमनको अभ्यास नै स्विकार गर्न नसकेको भन्दै संघले असहमति जनाउँदै आएको संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले बताए ।

 

 

कर सम्बन्धि संघको प्रस्ताब
संघिय संरचनाको पुर्णतापश्चात स्थानिय तह अन्र्तगत गठित ललितपुर महानगरपालिकाले स्वायत्त शासन अन्र्तगत आन्तरिक श्रोत परिचालनगरि आफै राजस्व उठाउनको लागि बिभिन्न ऐन कानुन बनाउन सक्ने र श्रोत परिचालनगरि राजस्व उठाई स्थानिय बिकासका लागि आफै खर्च गर्न सक्ने बर्तमान परिबेशमा महानगरपालिकाको राजस्वअन्र्तगत उठाई आएको ब्यवसाय कर आर्थिक बर्ष २०७५/७६ को ९ महिना सकिन लाग्दापनि राजस्वको बार्षिक लक्ष्य पुरा हुन नसक्ने देखिएकोले ललितपुर महानगरपालिकाको महानगरपालिका क्षेत्रको बिकासको लागि महानगरपालिकाको राजस्व लक्ष्य शतप्रतिशत पुरा हुनुपर्छ भन्ने मान्यता बोक्दै आएको यस ललितपुर उद्योग बाणिज्य संघको ललितपुर महानगरपालिकालाई साथ दिने र सहकार्य गर्नको लागि इच्छुक रहेको संघका अध्यक्ष कृष्णलाल महर्जन बताउँछन् ।

तर यता परिस्थितिमा राजस्व अन्र्तगत पर्ने ब्यवसाय कर लक्ष्य हासिल गर्न ललितपुर महानगरपालिकाको निम्न लिखित नितिगत र ब्यवहारिक समस्या करदाताहरुले भोग्दै आएको छ ।

नितिगत समस्या
१) आधार बर्ष २०६८/६९ गरिनु ।
२) दायरा बढाउन कुनै निति नदेखिएको ।
३) सरोकारवालाहरुसंग छलफल गरी सहज ढंगले कर तिर्ने निति बनाउन नसकिएको ।

ब्यवहारिक समस्या
१) महानगरपालिकाले अनुगमनगरि ब्यवसायीहरुमा त्रासको वातावरण श्रृजना भएको ।
२) अनुगमन गर्नु अगाडी सरोकारवाला संघ संस्थाहरुसंग छलफल नगरिएको ।
२) राजस्व उठाउने कर्मचारीमा सहयोग र करदातालाइ सम्मानको भाबना नरहेको ।
३) बाध्यात्मक रुपमा तिर्नुपर्ने करदाताहरुले मात्र तिराउने तर स्वेच्छिक कर तिर्ने वातावरण बनाउन नसकेको ।
४) कर्मचारीहरु नतिरि हुन्छ र भन्ने जबरजस्ति मानसिकता भएको ।
५) ब्ववसायहरुले तिरि आएको करको केहि अंश ब्यवसायीहरुको उत्थानमा खर्च गरेको नदेखिएको ।
६) ब्यवसाय कर संगसंगै घरबहालकर पनि जोड्न खोजिएको ।

संघका प्रस्ताबहरु 
१) आधार बर्ष २०७२र७३ गर्ने ।
२) ब्यवसाय करमा शुल्क, जरिवाना छुट सहित नयाँ दर्ता गर्ने ब्यवसायीहरुलाई दर्ता गर्न प्रोत्साहित गर्ने ।
३) ललितपुरका निजी क्षेत्रका ब्यवसायीहरुको एक मात्र छाता संगठन ललितपुर उद्योग बाणिज्य संघसंग घनिभुत छलफलगरि राजस्व लक्ष्य पुरा गर्ने निति बनाउनु पर्ने ।
४) अनुगमनलाई तत्काल रोक्नुपर्ने ।
५) कर्मचारीहरुलाई करदातालाई सम्मानसहित कर संकलन गर्नुपर्ने भाबनाको बिकास गर्ने ।
६) कर तिरेमा हुने स्थानिय बिकासबारे ब्यवसायीहरुलाई सुसुचित गर्ने ।
७) ब्यवसायीहरुले तिरि आएको केहि अंश ललितपुर उद्योग बाणिज्य संघको सल्लाहमा ब्यवसायीका हकहित र सुरक्षाको लागि खर्च गरिनुपर्ने ।
८) घरबहाल कर तिर्ने दायित्व घरपतिहरुको भएको हुनाले यसको दायित्व ब्यवसायीहरुलाई बोकाउन नहुने ।
९) ललितपुर उद्योग बाणिज्य संघ अन्र्तगत रहेका बिभिन्न बस्तुगत संघहरुको कार्यालयमै ब्यवसाय दर्ता गर्ने अभियान चलाउने ।
१०) ब्यवसाय दर्ता प्रमाणपत्रमा ब्यवसायको पुँजी खोलिएको हुनु पर्ने ।

तपाईंको प्रतिकृया