बागलुङ, चैत्र १३ । लालीगुराँस संरक्षणका लागि बागलुङको घुम्टेमा ‘गुराँस उत्सव’ को आयोजना गरिने भएको छ ।
पछिल्लो समय गुराँसका वनमा सडक विस्तार तथा फँडानीले गर्दा गुराँस मासिँदै गएकाले यसको संरक्षणका लागि पर्यटन विकास केन्द्र बागलुङले नयाँ वर्ष २०७६ को अवसरमा यहाँको घुम्टे पहाडमा ‘गुराँस उत्सव’ को आयोजना गर्ने भएको हो । उत्सव चैत ३० र वैशाख १ गते हुनेछ ।
समुद्री सतहदेखि तीन हजार १२० मिटरको उचाइमा रहेका तथा जिल्लाकै अग्लो पहाडको रुपमा चिनिएका पर्यटकीयस्थल घुम्टेको लेकमा सो संस्थाले विगत सात वर्षदेखि गुराँस उत्सवको आयोजना गर्दै आएका छन् ।
केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ ।
घुम्टेको डाँडाबाट सूर्योदय र दुई दर्जनभन्दा बढी हिमशृङ्खलासहित मनोरम दृश्य हेर्नका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।