अनलाइन पत्रिका 

ललितपुर । पर्वतारोही कल्पना महर्जनले सगरमाथामा ललितपुर महानगरपालिकाको नाम र लोगोअंकित झन्डा र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित ब्यानर फहराउने लक्ष्य लिएकी छन् ।

यही सम्झौताको लागि ललितपुर महानगरपालिका र एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा.लिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन र एक्सपेरियन्स आउटडोर्स नेपाल प्रालिका तर्फबाट अध्यक्ष रवीन्द्र महर्जनले हस्ताक्षर गरे ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०० वर्ष प्रवेश तथा ललितपुर महानगरपालिका स्थापनाको १०० सय वर्षको अवसरमा महानगरले आर्थिक सहयोग गरेको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा उपमेयर गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई तथा विभिन्न वडाका अध्यक्षहरुको सहभागी थिए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।