माउण्टेन एकेडेमीलाई विश्वकै नमूना बनाउँछु : अध्यक्ष शेर्पा

काठमाडौँ

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (माउण्टेन एकेडेमी)का नवनियुक्त अध्यक्ष लाक्पाफुटी शेर्पाले पर्वतारोहणसम्बन्धी अध्यापन गराइने एकेडेमीलाई विश्वकै नमूना बनाउने बताउनुभएको छ ।

एकेडेमीको आगामी योजनाबारे खुल्दै शेर्पाले भन्नुभयो, “मेरो सपना भनेको नै एकेडेमीलाई गुणस्तरिय बनाई विश्वकै नमूनाका रुपमा स्थापित गर्नु हो ।” एकेडेमीलाई सातवटै प्रदेशमा विस्तार गर्ने योजनाका साथ अघि बढेको उल्लेख गर्दै उहाँले छिट्टै स्नातकोत्तर अध्ययन शुरु गरिने जानकारी दिनुभयो । अध्यक्ष शेर्पाका अनुसार हाल ‘ब्याच्लर इन माउण्टेनरिङ’ विषयमा अध्ययन भइरहेको छ । स्नातक अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयबाट पाठ्यक्रम स्वीकृत भइसकेकाले छिट्टै सम्बन्धन पाउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी ४ वर्षका लागि शेर्पालाई अध्यक्षमा नियुक्त गरेको हो ।

 

 

तपाईंको प्रतिकृया