महिला उद्यमशिलतामा सरकारको चासो

अर्थ व्यूरो
अनलाइन पत्रिका

सरकारले सातवटा विभिन्न शीर्षकमा दिन थालेको सहुलियतपूर्ण कर्जामा सबैभन्दा बढी महिला उद्यमशील कर्जा स्वीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी आवेदन पनि यसैमा परेको छ । २४ वटा फाइल स्वीकृत भएकोमा ११ वटा फाइल महिला उद्यमशिलता कर्जाकै रहेको कर्जा शाखाका नारायण लामिछाने बताउँछन् ।

कर्जा लिन चाहने महिलालाई बैकले कर्जा मागको निवेदन उपलब्ध गराउँछ । निवेदकले भर्नुपर्ने विवरण फारम, परियोजना प्रस्तावको ढाँचा बैंकले नै उपलब्ध गराउनेछ । बैंकले उपलब्ध गराएको फारममा भनेजति विषय राखेर भर्नुपर्नेछ । यसका लागि फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको स्थायी दर्ता नम्बर (प्यान नं.) को प्रतिलिपी पेश गर्नुपर्नेछ । ऋणीले सम्बन्धित बैंकमा अनिवार्य रुपमा खाता खोलेको हुनुपर्नेछ । ऋणी र जमानत दाताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, एक सगोल परिवारको सदस्यको नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

तपाईंको प्रतिकृया