रविन्द्रको बेलायतको भिसा रद्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी लन्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा सहभागी हुन नपाइने भएको छ ।

बेलायतले नेपालीका लागि भिसा भारतस्थित दूतावासबाट दिने गरेको छ । भारतीय दूतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिसा च्यातिएको पाइएपछि उनको शनिबार हुने भनिएको भ्रमण नै रद्द भएको छ ।

नेपालका तर्फबाट सहभागी हुन जान लागेका मन्त्री अधिकारीलाई भीएफएस ग्लोबल नेपालले च्यातिएको भिसासहितको राहदानी दिएपछि उनको भ्रमण रद्द भएको हो ।

तपाईंको प्रतिकृया