साउदी अरबमा शुभकामनाको बहार

साउदी अरब । गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले बुरैदा शहरमा दशै तथा शुभ दिपावली २०७५ को शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

क्षेत्रीय अध्यक्ष रमजान मियाँको सभापतित्वमा सल्लाहकार मनिष कोईरालाद्वारा संचालित कार्यक्रममा प्रमुख अतिथिमा नेपाली दूतावास रियादका तृतीय सचिब सन्तोष अधिकारी, बिशिष्ट अतिथिमा एन.सि.सि का.बा.महासचिव बिशाल श्रेष्ठ, अतिथिमा नेपाली दूतावासका निजामुद्दिन, एनसिसि युवा संयोजक राजकुमार श्रेष्ठ, नेपाली प्रवासी समाज हाइलका होमराज बाँस्तोला तथा ओमनाथ अधिकारी, गन्तब्य नेपालका यादव घिमिरे तथा तुल्सिराम गुरुङ्गको उपस्थिती थियो ।

उपाध्यक्ष कृष्ण अधिकारीले स्वागत तथा शुभकामना मन्तव्य दिएको सभामा महेन्द्र लिम्बु, हुम बहादुर परियार र सन्तोष राई, अशोक सुवेदी, राहुल, रमन अर्याललगायतका स्थानीय कलाकारहरूले आआफ्नो कलाकारिता प्रस्तुत गरेको थियो ।

तपाईंको प्रतिकृया