एक वर्षमा एक अर्ब लुट !

मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल

काठमाडौँ, साउन २९ । ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ ।

दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् ।

ईन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।

विद्यमान कानुनअनुसार मर्मतसम्भारका नाममा उपभोक्ताबाट कुनै शुल्क लिन पाइँदैन । आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईंको प्रतिकृया