समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

बन्द भयो ‘मुस्ताङ म्याक्स’ गाडीको उत्पादन 

mustang

‘मुस्ताङ म्याक्स’ गाडी

२७ पुष, काठमाडौँ । स्वदेशमा नै पहिलोपल्ट गाडी उत्पादन गर्दै आएको हुलास मोटर्स कम्पनीले  आफ्नो उत्पादन बन्द गरेको छ । बिराटनगर-१७ मा रहेको मोटर्स कम्पनीले आइतबारबाट औपचारिक रुपमै आफ्नो उत्पादन बन्द गरेको घोषणा गरेको हो । सरकारबाट असहयोग भएको भन्दै ०५४ सालदेखि मोटर उत्पादन गर्दै आएको हुलासले पत्रकार सम्मेलन मार्फत  हुलास मु्स्ताङ्ग भिटु र हुलास म्याक्स गाडी उत्पादन बन्द गरेको घोषणा गरेका हुन् ।

स्थानीय स्रोत साधन र जनशक्तिबाट बिदेशी गाडीहरूसित प्रतिस्पर्धा गरिरहनुपरेका बेला वर्तमान सरकारले लागु गरेको युरो थ्री मापदण्ड पूरा गर्न लाग्ने समय नदिएकै कारण उत्पादन बन्द गर्ने निर्णयमा पुगेको कम्पनीले जनाएको छ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हुलास मोटर्सले स्वदेशमै उत्पादित गाडी चढेपछि यसको लोकपि्रयता बढेको थियो । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न  भट्टराईले आफू प्रधानमन्त्री हुँदा हुलासको ‘मुस्ताङ म्याक्स’ गाडी प्रयोग गरेका थिए ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु