काठमाडौँ, जेठ ७ । चीनले नेपाली रेलमार्गको अध्ययन तथा विकासका लागि नेपालका इन्जिनियरहरुलाई तालिम दिन सुरु गरेको छ ।

पहिलो पटक १२ इन्जिनियरलाई चीनले आफ्नै भूमिमा बोलाएर तालिम दिएको । अहिले १२ जना इन्जिनियरले रेलसम्बन्धि प्राविधिक तालिम लिइरहेका रेल विभागका बरिष्ठ इन्जिनियर तथा प्रवक्ता प्रकाश उपाध्यायले जानकारी दिए ।

चीनको सरकारी रेल कम्पनी नेसनल रेलवे एडमिनिस्ट्रेसन (एनआरए) ले रेल्वे विभागलाई प्राविधिक तालिम दिएको हो ।

“अहिले चिनमा तालिम लिइरहेका इन्जिनियरहरु जेठ २ गते नेपाल फर्किदैछन्,” प्रवक्ता उपाध्यायले भने, “अब चीनले यस्तो तालिम नियमित रुपमा दिने भएको छ ।

नेपालमा रेलसम्बन्धि अनुभव भएका प्राविधिक तथा इन्जिनियरहरु नभएकाले चीनले नेपाली इन्जिनियरहरुलाई तालिम दिन थालेको हो ।

चीनले केरुङ–काठमाडौं–पोखरा लुम्बिनी रेलमार्ग निर्माण गर्ने बताइसकेको छ । अघिल्लो वर्ष नेपाल आएको चिनिया रेल विज्ञहरुको टोलीले केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन गरेर उक्त क्षेत्रमा रेलमार्ग बनाउन सकिने जनाएको थियो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।