सडक क्षेत्रभित्र बनेका घरमा डोजर लगाएर भत्काइँदै

loading...

रुपन्देही, वैशाख ४ । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारका लागि सडक क्षेत्रभित्र बनेका घर भत्काउन थालिएको छ ।

सडक विस्तारको जिम्मा पाएको बुटवल–बेलहिया सडक विस्तार आयोजनाले बुटवलको राजमार्ग चौराहाबाट सडकको ८२ फुट क्षेत्रभित्र बनेका घर तथा संरचना भत्काउन शुरु गरेको छ ।

आयोजनाले डोजर लगाएर सडक क्षेत्रभित्रका घर तथा संरचना भत्काउन सुरु गरेको छ । चौराहाबाट केहीबेरदेखि सडक क्षेत्र भित्रका घर तथा संरचना भत्काउन शुरु गरिएको छ । संरचना भत्काउने क्रममा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तपाईंको प्रतिकृया
Loading...