मनाइयो रेडपान्डाको जन्मोत्सव, सांसदले काटे केक

loading...

काठमाडौँ, वैशाख ४ । दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाईएको छ । केक काटेर नौलो तरिकाले रेडापान्डाको जन्मदिन मनाइएको हो । 

वन्यजन्तु संरक्षणमा समेत सहयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउने गरिएको हो ।

२३ औँ वज्यजन्तु सप्ताहको अवसरमा सञ्चालित नवौँ जिल्लास्तरीय रेडपान्डा ट्रफी भलिबल प्रतियोगिताका अवसरमा रसुवाका प्रदेश ख का सांसद प्रभात लामाले के काटेर खेल उद्घाटन गरे ।

रसुवा सदरमुकामा धुन्चेमा नवौँ रेडपान्डा ट्रफी भलिवल प्रतियोगता र छैठौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन गरिएको छ । आजको अन्नपुर्ण पोष्टमा यो खबर  छ ।

तपाईंको प्रतिकृया
Loading...