अर्थसचिव राजन खनालले राष्ट्र बैंक सञ्चालकको सपथ लिए

अझै पनि एक सञ्चालक रिक्त

काठमाडौँ, चैत २९ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्यका रुपमा अर्थसचिव डा. राजन खनालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सर्बोच्च अदालतका कामु प्रधान न्यायाधिस दीपकराज जोशीले खनाललाई सपथ ग्रहण गराएका हुन् ।

राष्ट्र बैंक सञ्चालक समितिमा सरकारका तर्फबाट अर्थसचिवले प्रतिनिधित्व गर्ने कानुनी ब्यवस्था छ । खनाल केही दिनअघि मात्र अख्तियार दूरुपयोग अनुसन्धान आयोगबाट अर्थ मन्त्रालयमा सरुवा गरिएका थिए ।
गभर्नर नेतृत्वको सञ्चालक समितिमा अन्य ६ जना सञ्चालक हुन्छन् । अर्थसचिवसँगै दुई जना डेपुटी गभर्नर र तीन जना सरकारले नियुक्त गरेका ब्यक्ति सञ्चालक समितिमा हुन्छन् । अझै पनि एक जना सञ्चालक रिक्त छन् ।
खनालले महेन्द्र संस्कृत विश्वविद्यालयबाट नेपालको कर नीतिमाथि विद्यावारिधि गरेका छन् । उनले सन् १९९३ बाट सरकारी सेवामा प्रवेश गरेका हुन् ।
तपाईंको प्रतिकृया
Loading...