सफल बनोस् कल्पनाको सगरमाथा यात्रा

loading...

ललितपुर । सगरमाथा अाराेहणमा प्रस्थान गर्न लागेकी सञ्चारकर्मी कल्पना महर्जनलाई गोदावरी नगरपालिकाले विदाइ गरेको छ । बैशाख ३ गते सगरमाथा अाराेहणकाे तयारी गरेकी महर्जनलाई नगरप्रमुख गजेन्द्र महर्जनले खादा अाेढाएर स-सम्मान विदाइ गरेकाे हाे ।

कल्पनालाई नगरपालिकाकाे लाेगाे भएको व्यानर सगरमाथाकाे चुचुराेमा राख्नका लागि नगर प्रमुख महर्जनले हस्तान्तरण गरेकाे छ । पर्यटन विकासका लागि नगरपालिकाले अावश्यक सहयोग गर्ने प्रमुख महर्जनले साे अवसरमा प्रतिवद्ता व्यक्त गर्नुभयाे । सञ्चारकर्मी महर्जन गोदावरी नगरपालिका वडा नम्बर १२ कि बासिन्दा हुन ।

तपाईंको प्रतिकृया
Loading...