पैसा तान्ने मात्र होइन, बिटा नै खल्तीमा हाले राष्ट्र बैंकका कर्मचारीले

loading...

काठमाडौं,चैत २६ । नष्ट गर्न ठिक्क पारिएको नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियाग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ ।

राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफरिस गरेको थियो ।

तर, गभर्नर डा. चिरञ्जिवी नेपालले भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेर छाडिदिएका छन् ।

गत साउनमा धुल्याउन नोट नष्ट गर्न टेबलमा मिलाएर राखिएकामध्ये हजारका नोटको बिटा शाखा प्रबन्धकले गन्दा तीन नोट कम थिए । अपुग तीन हजार सम्बद्ध सहायक निर्देशक इन्द्रप्रसाद शर्मालाई तिराई नोट धुल्याइएको थियो । जब कि टेबलमा नोटको थुप्रो नै थियो । शंका लागे पनि अरु बिटा गन्दै नगनी घटना थामथुम पारिएको थियो ।

तर, कर्मचारीमा चर्चा चलेपछि शाखा प्रबन्धकले सिसिक्यामेराको फुटेज हेरे । कर्मचारीले नोटको बिटाबाट पैसा तान्ने मात्र होइन, बिटा नै खल्तीमा हालिरहेको भिडियो देखिएपछि थप अनुसन्धानका लागि केन्द्रीय कार्यालय पठाइएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईंको प्रतिकृया
Loading...