प्रहरीको घेरा तोड्दै जनसत्ता घोषणा

loading...

काठमाडौं चैत २१  नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको थबाङमा प्रहरीको घेराभित्र जनसत्ता घोषणा गरेको छ । स्थानिय जनताको व्यापक सहभागितामा जनसत्ता घोषणा कार्यक्रम रोक्नको लागि सुरक्षाकर्मी परिचालन गरेको थियो ।

नेकपाको जनसत्ता घोषणा छ भन्ने थाहा भएपछि शनिबार बिहानै प्रहरी परिचालन गरिएको थियो । समानान्तर सरकार घोषणा गर्न नदिने राज्यको नीति भएकाले प्रहरी परिचालन गरी कार्यक्रम रोक्न खोजे पनि नेकपाले थबाङमा जनसत्ता घोषणा गरेको रोल्पाका प्रमुख जिल्ला अधिकारी चुडामणी गौतमले जनकारी दिए । नेकपाको पकड बलियो रहेको थबाङमा प्रहरी परिचालन भएपनि स्थानियहरुको सहभागितामा जिल्ला जनपरिषद् घोषणा गरिएको छ । तत्कालिन  माओबादी जनयुद्ध झल्को दिनेगरी बिहान उज्यालो नहुदै प्रहरीको हुल गाउँ पसे पनि स्थानियहरुको अत्याधिक सहभागीता सहित विश्वको नेतृत्वमा जिल्ला जनपरिषद् रोल्पा घोषणा गरिएको छ ।

तपाईंको प्रतिकृया
Loading...