कालिका र चौधरी ग्रुपमा शक्तिशाली विस्फोट

loading...

 काठमाडौं  चैत २१   नवलपरासीस्थित देवचुलीमा रहेको चौधरी ग्रुपमा अन्तराष्ट्रीय पार्क कक्षको प्रशासनिक भवनमा शक्तिशाली बम विस्फोट भएको समाचार प्राप्त भएको छ ।शक्तिशाली बम विस्फोटका कारण भवनमा ठुलो क्षती पुगेको जनाइएको छ । बिहानको समय भएकोले मानविय क्षति नभएको बताएको छ । अहिले घटना स्थलमा प्रहरीको उपस्थीति रहेका छ भने सर्वसाधारण तथा पत्रकारलाइ समेत जान दिएको छैन । चैत २० गते कालिका कन्ट्रक्सन कम्पनीको क्याम्पमा पनि आगजानी र विस्फोट भएको समाचार प्राप्त भएको छ । मकवानपुरको हेटौडा र सिन्धुलीको सिमानामा पर्ने हरिहरपुरगडी ५ स्थित क्याम्पमा गएराती विस्फोट र आगजानी भएको जनाएको छ। प्राप्त जानकारी अनुसार आजानीबाट एउटा बोलेरो जिपमा पुर्ण क्षती र २ ओटा ट्रिपरमा अंशिक क्षति भएको छ । १० ओटा डोजर र १० ओटा ट्रिपरमा पनि क्षति पुगेको छ । विस्फोट र आगजानीबाट करोडौं मुल्य बराबरको क्षति पुगेको बताइएको छ ।

तपाईंको प्रतिकृया
Loading...