बादलकै मातहतमै अनुसन्धान

loading...

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत लगिएको भनिएको गुप्तचर संगठन (राष्ट्रिय अनुसन्धान विभाग) ले अझै गृह मन्त्रालय मातहत नै काम गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विभागलाई आफ्नो मातहत लैजाने निर्णय गरेको भएपनि कानुनी अड्चनका कारण लान नसकिएको हो ।

विभागका प्रवक्ता लक्ष्मण गुरुङले कानुन नहुँदा गृह मन्त्रालयमै बस्नु परेको बताए । गुप्तचर संगठनसम्बन्धी व्यवस्था गरिएको ऐन र नेपाल विशेष सेवा ऐन २०४२ को दफा ४(१) मा सो विभाग गृह मन्त्रालयअन्तर्गत रहने व्यवस्था छ ।

तपाईंको प्रतिकृया
Loading...