सशस्त्र प्रमुखमा खनाल नै मुख्य दावेदार

loading...

आगामी २९ चैतमा वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएकाले सशस्त्रको भावी नेतृत्वका लागि दौडधुप सुरु भएको छ । भावी महानिरीक्षक (आईजीपी) का लागि वरिष्ठताका हिसाबले अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्ला दाबेदार भएपनि अन्य एआईजी पनि नेतृत्वमा पुग्न चर्काे लबिङमा छन् ।

विशेषगरी खनालभन्दा ११ महिनापछि एआईजी बनेका पुष्पराम केसी र नारायणबाबु थापा पनि आईजीपी बन्न तीव्र लबिङ गरिरहेका छन् । सशस्त्र प्रहरीमा हाल फाजिलसहित ११ जना एआईजी छन् । जसमध्ये आईजीपी श्रेष्ठका ब्याची प्रेमकुमार शाही र प्रकाश ओझा उनीसँगै २९ चैतमा अनिवार्य अवकाशमा जाने भएकाले बिदा बसिसकेका छन् । खनाल एआईजीमा बढुुवा भएदेखि हालसम्म सशस्त्रको तालिम हेर्ने मानवस्रोत विकास विभाग (एचआरडी) मा कार्यरत छन् । केसी कार्यविभाग, थापा महानगरीय कार्यालय र पौडेल सशस्त्रको एकेडेमीमा प्रमुख छन् ।

तपाईंको प्रतिकृया
Loading...