करोड नाघेपछि गुलियो केक

loading...

नायिका प्रियंका कार्की, ‘कार्टुन्ज क्रु’ का सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ गीतको टीमले करोड भ्यूजको केक काटेर सेलिब्रेसन गरेको छ ।

१ महिना अघि युट्युबमा अपलोड गरिएको गीतको भिडियोलाई ६८ हजार लाईक र ३५ सय बढी कमेन्ट प्राप्त छ ।

सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्द रचना छ ।

गीतमा उदयराज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ छ ।

तपाईंको प्रतिकृया
Loading...