राष्ट्रिय सभा अध्यक्षमा तिमिल्सिना निर्विरोध: उपाध्यक्षको निर्वाचन ४ गते

loading...

काठमाडौँ, फागुन ३० । राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका सांसद गणेश तिमिल्सिना निर्विरोध भएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा केही समयअघि सम्पन्न बैठकले अध्यक्षमा उनको नाम निर्विरोध भएको घोषणा गरेको हो ।

फागुन २८ गते भएको मनोनयनअनुसार अध्यक्षमा एमालेका तिमिल्सिना एकल दाबेदार थिए । नवनिर्वाचित अध्यक्षलाई बधाइ दिन शुक्रबार बैठक बस्नेछ । राष्ट्रिय सभाको उपाध्यक्ष चयनका लागि ४ गते निर्वाचन हुने बैठकले निर्णय गरेको छ ।

तपाईंको प्रतिकृया
Loading...