राष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ, फागुन २३ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । यही फागुन २९ गतेका लागि तय गरिएको चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि अहिले बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ ।

आयोगका अनुसार राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म दलहरुले उम्मेदवारी दर्ता गर्न सकिने छ ।

वाम गठबन्धनले राष्ट्रपतिको उम्मेदवार टुंग्याएको छ । मंगलबार राति अबेरसम्म बसेको एमाले स्थायी समिति बैठकले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने निर्णय गरेको हो । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता छन् ।

यता कांग्रेसले भने आफ्नो उमेद्वार टुंग्याएको छैन ।

तपाईंको प्रतिकृया