आजदेखि अनिवार्य अवकाशमा अख्तियार प्रमुख दीप बस्न्यात, को होला नयाँ प्रमुख ?

loading...

काठमाडौँ, माघ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात उमेर हदका कारण सोमबारदेखि अनिवार्य अवकाशमा गएका छन् । अहिले उनलाई विशेष कार्यक्रम गरि बिदाइ गरिँदैछ ।

आयोगको ऐन अनुसार ६५ वर्ष उमेरहदका कारण बस्न्यातले अनिवार्य अवकाश लिएका हुन् । बस्न्यातको अवकाशपछि बरिष्ठताका आधारमा नविनकुमार घिमिरेलाई कार्यबाहक प्रमुख आयुक्त हुनेछन् ।

कार्यबाहकको जिम्मेबारी पाएका घिमिरे पूर्व गृहसचिवका रुपमा नेपाल सरकारको निजामति सेवाबाट अवकाश भएका थिए। संवैधानिक परिषदको १५ फागुन २०७१ को निर्णयबाट आयुक्त सिफारिस भएका घिमिरेलाई सोही वर्ष चैत्रमा आयुक्त नियुक्त गरिएको थियो। २०१२ भदौं २९ मा जन्मिएका घिमिरेलाई सरकारले प्रमुख आयुक्त नियुक्त गरेमा उनी २०७६ चैत्रसम्म पदमा बहाल रहनेछन् ।

आयोगको रेकर्ड अनुसार बस्न्यातको जन्ममिति ४ फागुन २००९ रहेको छ । पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की सर्वोच्चको आदेशबाट निलम्बन भएपछि बरिष्ठ आयुक्त रहेका बस्न्यातलाई सरकारले ८ जेठ ०७४ मा प्रमुख आयुक्त नियुक्त गरेको थियो ।

तपाईंको प्रतिकृया
Loading...