डोरमणि पौडेलले लिए सपथ , माओवादी तत्काल सरकारमा नजाने

loading...

हेटौंडा, माघ २९ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार बिहान साढे ९ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई सपथ खुवाएकी हुन् ।

मुख्यमन्त्री पौडेलले आजै पदभार सम्हाल्ने र सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना छ । प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले शनिबार पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

मुख्यमन्त्रीमा पौडेललाई माओवादी केन्द्रको समर्थन रहे पनि तत्काल सरकारमा नजाने भएको छ । माओवादीले पार्टी एकताबारे ठोस सहमति नभएको भन्दै मन्त्रीको नाम दिन मानेको छैन । माओवादीले आज सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्ने प्रदेश ३ का दलका नेता शालिकराम जमरकट्टेलले बताएका छन् ।

तपाईंको प्रतिकृया
Loading...