शंकर पोखरेलबाट मुख्यमन्त्रीको नियुक्तिका लागि पत्र दर्ता

loading...

बुटवल,माघ २८ । एमाले ५ नं. प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि औपचारिक पत्र दर्ता गराएका छन् ।

पत्र दर्ता भए लगत्तै प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको सपथ ग्रहणको समय मिलाउने छ ।

पोखरेल प्रदेश सभा सांसदले सपथ ग्रहण गरे लगत्तै पोखरेल एमाले संसदीय दलको  नेतामा सर्वसम्मत चुनिएका थिए । पोखरेललाई नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ ।

प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । ढिलोमा भोलिसम्म मुख्यमन्त्री नियुक्ति हुने बताइएको छ ।

मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम डिभिजन सडक कार्यालय परिसरको खुला चौरमा गर्ने तयारी छ ।

तपाईंको प्रतिकृया
Loading...