संघीयताको प्रारम्भिक अनुभव सुखद : अध्यक्ष ओली

loading...

काठमाडौँ, माघ २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताको प्रारम्भिक अनुभव सुखद रहेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौँमा म्यानेजमेन्ट एसोसियसन अफ नेपालको ३७ औ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले संघीयताका बिषयमा शुरुमा धेरै समस्या आउलान् भनेर सोचेको भएपनि त्यस्तो नभएको बताए ।

सभामुख, उपसभामुख चयन भइरहेको, मुख्यन्त्री चयन प्रकृयामै रहेको र लोकतान्त्रिक प्रक्रियाबाट सबै काम अघि बढिरहेको ओलीको भनाइ थियो ।

उनले राजनीतिक संक्रमण लगभग टुंगिएको भन्दै अव विकास र समृद्धिको बाटोमा अघि बढ्ने बिश्वास व्यक्त गरे । त्यसका लागि अव राजनीतिक प्रतिस्पर्धा नभई एक प्रदेशले अर्को प्रदेशसँग विकासमा प्रतिस्पर्धा गर्नु पर्ने ओलीको भनाइ छ । उनले नेपालमा शान्ति र स्थायित्व खल्बलाउने प्रयास भएपनि अब त्यो संभव नहुने धारणा राखे ।

तपाईंको प्रतिकृया
Loading...