निर्वाचन आयोगले राष्ट्रियसभा चुनाव परिणाम राष्ट्रपतिलाई बुझाउँदै

loading...

काठमाडौँ, माघ २८ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने भएको छ । आयोगले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीन जना सदस्य बाहेक बाँकी ५६ जनाको नाम आज राष्ट्रपति समक्ष बुझाउन लागेको हो ।

निर्वाचन परिणाम आज राष्ट्रपति समक्ष आइपुग्ने राष्ट्रपति कार्यालयले जनाएको छ । संघीय संसदमा ३३ प्रतिशत महिला कोटा अनिवार्य मिलाउन राष्ट्रिय सभा चुनावको मतपरिणाम कुरेको आयोगले अब त्यो कोटा मिलेपछि राष्ट्रपति कार्यालयलाई अन्तिम परिणाम बुझाउन लागेको हो ।

तर, प्रतिनिधिसभाको अन्तिम मतपरिणाम बुझाउन भने फागुन ५ गतेसम्म लाग्नेछ । सम्पूर्ण मतपरिणाम राष्ट्रपतिलाई बुझाए लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

तपाईंको प्रतिकृया
Loading...