सिंचाइ मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, सचिवसहित ३ बेपत्ता

loading...

काठमाडौँ, माघ २७ । सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप धादिङको सलाङघाटबाट त्रिशुली नदिमा खस्दा सिंचाइ मन्त्रालयका सचिव यादवसहित तीनजना बेपत्ता भएका छन् ।

बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउँने क्रममा आज बिहान धादिङको बेनीघाटरोलाङ गाउँपालिका ३ को सलाङघाटबाट त्रिशुली नदीमा हो ।

प्रहरीका अनुसार हराइरहेका तीनजना मध्य सचिव यादका छोरा संजय यादव र परिचय खुल्न नसकेको एकजना किशोरी रहेको घाइते  छन । जिपमा अरु को को थिए भन्ने खुलिसकेको छैन । घाइते अवस्थामा रहेका चालक निराजन यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया
Loading...