प्रदेशको ३ मा ओलीकै विश्वासिलाको उदय

loading...

नेकपा एमाले प्रदेश ३ को प्रदेशसभा दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । एमालेले एकल बहुमत रहेको प्रदेश ३ मा मुख्यमन्त्रीको उम्मेदवार छनोट गर्न निर्वाचन गरेको थियो ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै पौडेल विजयी भएका हुन् । पौडेल हेटौंडाका पूर्व नगरप्रमुख समेत हुन् । निर्वाचनमा ५८ मध्ये पौडेलले ३४ मत पाएर विजयी भएका छन् । शाक्यले २४ मतमात्र पाएकी छिन् । एमालेभित्र पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् । शाक्य बरिष्ठ नेता माधव नेपाल पक्षकी हुन् ।

तपाईंको प्रतिकृया
Loading...