बलात्कारीलाई मिलापत्र, प्रहरी प्रमुख अलपत्र !

loading...

काठमाडौँ, माघ २५ । गृह मन्त्रालयले सुनसरीका एसपी विद्यानन्द माझीलाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार माझीलाई निलम्बन गरेको हो । सुनसरी प्रहरी प्रमुख माझीले सामूहिक बलात्कारको मुद्दा दर्ता नगरी पीडित पक्षलाई मिलापत्र गर्न बाध्य पारेको भन्दै उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र लेखेको थियो ।

बलात्कारको घटना लुकाउन एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक चिरञ्जीवी दाहालको संलग्नता रहेको छानबिन समितिले प्रतिवेदन दिएपछि प्रहरी प्रधान कार्यालयले उनीहरु दुबैजनालाई निलम्वनका लागि पत्र काटेको थियो ।

प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले छानबिन समितिको प्रतिवेदनका आधारमा माझी र दाहाललाई निलम्बन गर्न मन्त्रालयलाई सिफारिस गरिएको र दुवैलाई गृहले निलम्बन गरेको बताए ।

गत पुस १६ गते इटहरीको एक रिसोर्टमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । उक्त घटना प्रहरीमा पुगे पनि मुद्दा दर्ता नगरी पीडित परिवारलाई दबाब दिएर मिलापत्र गराइएको थियो ।

तपाईंको प्रतिकृया
Loading...