प्रधानमन्त्रीको राजीनामा कसले रोक्यो ?

loading...

काठमाडौँ, माघ २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने बताएका छन् । आफैंले प्रतिनिधिसभा, राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनु नपर्ने बताएका हुन ।

प्रधानमन्त्री र उनको पार्टी नेपाली कांग्रेसले यस्ताे निश्कर्ष निकालेको छ । प्रमुख सत्तारुढ दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको चक्र पुरा भएपछि वर्तमान सरकार स्वतः कामचलाउन हुने भएकाले राजीनामा दिनु र नदिनुको कुनै औचित्य नरहने बताए ।

उनले भने, नयाँ जनप्रतिनिधि आएपछि पुरानो सरकार स्वतः कामचलाउ हुन्छ, राजीनामा दिनु पर्दैन । नयाँ जनमतअनुरुप बहुमत पुर्याउने दलको नेता अब प्रधानमन्त्री बन्छ त्यसैले राजीनामा दिनु पर्दैन ।

तपाईंको प्रतिकृया
Loading...