सिभिल होम्सभित्र चोरको चर्तिकला

loading...

अनलाइन पत्रिका/ललितपुर व्यूरो

अहिले प्लटिङ गरेर हाउजिङ बनाउँदै बेच्नेहरुको संख्या बढिरहेको छ । एक दशकको अवधिमा धेरै हाउजिङ कम्पनीहरुले आफ्नो एकछत्र राज बनाए । धेरैले हाउजिङ, अपार्टमेन्ट र कोलनीको नाममा आफ्नो सुन्दर जीवनयापनलाई सहज बनाइरहेका छन् । यसमध्ये सिभिल होम्स आयोजनापनि अग्रपंक्तिमा आउँछ ।

१६ वर्ष अघिदेखि माननीयसमेत रहेका इन्छाराज तामाङको सबैलाई सुन्दर र शान्त घर बसाउने अभियानले सिभिल होम्सको यात्रा शुरु भएको हो । हालसम्म सातौं फेजसम्म आइपुगेको यो अभियानले राजधानीभित्रमात्र नभई भक्तपुर र ललितपुरमा समेत इच्छाराजले आफ्नो अभियानको बस्ती बसाईसकेका छन् । सहकारी क्षेत्रबाट प्रवेशबाट गरेका इच्छाराज तामाङले घरजग्गा क्षेत्रमा हात हालेपछि अकल्पनीय छलाङ मारेका हुन् । उनै इच्छाराजले आफ्नो अभियानभित्रको सपनाको बस्तीमा प्रत्येक सदस्यलाई सम्पूर्ण सुविधा दिएका छन् । पानी, बिजुली, योगा, स्विमिङलगायत सबै आनन्ददायी वातावरण उपलब्ध गराएका छन् ।

यसकारण पनि घर खोज्ने र रोज्नेहरुको लागि सिभिल होम्स् एउटा सपनाको घर बन्न पुगेको छ । इच्छाराजको त्यही बस्तीभित्रको एउटा घटनाभने अनलाइन पत्रिकाले फेला पारेको छ । ललितपुरको सुनाकोठीभित्र सिभिल होम्स्को तीन फेजको बसाईँ छ । सिभिल होम्सको तेश्रो फेजभित्रको चोरीको घटनाले बस्तीभित्र डरको वातावरण छाएको छ । यो बस्ती नजिकै जंगल हुनाले पनि एकसमय चितुवाले दुःख दिएर हैरान हुन्थ्यौं । सिभिल होम्सभित्रका एक घरधनीले भने, ‘अहिले चोर पसेर हैरान पारेको छ ।’ सिभिल होम्स्भित्र चोर पसेर क्यामरा, ल्यापटप र केही नगद लिएर हिड्दा कसैले पत्तो पाएनन् । चौबिसैं घण्टा सुरक्षाका लागि खटिने सुरक्षागार्डको गस्तीपनि भित्रमात्र हुनाले पछाडिबाट चोर पस्दा चोरको भाग्य चम्कियो । बस्तीलाई घेरेको पर्खालमा ग्यास सिलिण्डर राखेर चढेको र चोरी गरेर गएको सम्म अनुमान लगाउन सकेका छन् यहाँका शान्तप्रेमी समाजले ।

यसो त सिभिल होम्स आवासिय समितिले यस विषयमा गम्भीर हुँदै चितुवा रोक्न पर्खाल लगायो । तर चोरी रोक्नका लागि भने सुरक्षार्थ सीसी क्यामराको पूरै व्यवस्था गरेको छैन । सिभिल होम्स्भित्र कुनैपनि सुविधाको कमी छैन भनिरहँदा सुरक्षाको अभाव खट्किएको हो । ‘सुरक्षा हुँदाहुँदै पनि सिभिल होम्स्भित्र चोरी कसरी सम्भव भयो ?’ भन्ने प्रश्नमा सिभिल होम्स्का प्रवक्ता भीम खरेलले उल्टै प्रश्न गर्दै भने, ‘चोरी कहिले भयो ? यदि चोरी भएकै हो भने भवितब्य हुन गयो होला ।’ खरेलले खुल्दै भने, ‘सिभिल होम्स्का मुख्य क्षेत्रमा सीसी क्यामरा जडान गरिएको छ ।’ उनले अनलाइन पत्रिकासँग भने, ‘हामीले पूर्ण सुरक्षा प्रत्याभूतिका लागि कहाँ कता सीसी क्यामरा राख्ने हो, त्यो अध्ययन गरेपछि सम्भव छ ।’

सिभिल होम्स्ले नगरविकास प्राधिकरणबाट प्राप्त अनुमति अक्षरंश पालना गर्नुपर्ने भएको हुनाले र घर किन्ने पार्टीसँगको सम्झौतामा उल्लेख भएअनुसारको सुविधामात्रै दिइने गरेको सिभिल होम्स्ले जनाएको छ । यता सिभिल होम्स्ले हालसम्म ९ वटा फेजलाई पूर्णता दिएको छ । जसमा भैसेपाटी, कलंकी, सुनाकोठी, धापाखेल, सुनाकोठी, खुमलटार, सितापाइला, समाखुशी र गोदावरी रहेका छन् । सिभिल होम्स्को ९ वटा बस्तीमध्ये ६ वटा बस्ती ललितपुरमै बसाएका छन् ।

तपाईंको प्रतिकृया
Loading...