अन्तर्राष्ट्रिय ललित व्यापार मेला २०७४

स्वर्णजयन्तीमा ललितपुर उद्योग वाणिज्य संघको विशेष तयारी

loading...

अनलाइन पत्रिका/अर्थ व्यूरो

ललितपुर उद्योग वाणिज्य संघको स्वर्णजयन्तीको उपलक्ष्यमा अन्तर्राष्ट्रिय ललित व्यापार मेला २०७४ को आयोजना हुँदैछ । ललितपुर जिल्लालाई पर्यटन तथा संस्कृतिको प्रवद्र्धन गर्ने अभिप्रायका साथ यस संघबाट २०७४ फागुन ३० देखि चैत्र ३ गतेसम्म मेला आयोजना हुँदैछ । संघका अध्यक्ष कृष्णलाल महर्जनको संयोजकत्वमा व्यापार मेला हुन लागेको हो ।

मुल समारोह समिति गठन

मेलाका लागि ललित व्यापार मेला २०७४ मुल समारोह समिति गठन गरिएको छ । स्टल व्यवस्थापन संयोजन उध्योग उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, सुरक्षाा व्यवस्थापन संयोजन सन्स्थागत उपाध्यक्ष वीरेन्द्रलाल श्रेष्ठ र उद्धघाटन समारोह व्यवस्थापन संयोजन बाणिज्य उपाध्यक्ष रुपकुमार शाक्यले गर्नेछन् ।

यसैगरि, मेलाका लागि सल्लाहकारमा निवर्तमान अध्यक्ष सविन श्रेष्ठ रहेका छन् । ललित व्यापार मेला पाटन दरबार स्क्वायर, भण्डारखाल बगैचामा आयोजना गरिने छ ।

मेलामा मुख्य आकर्षक

ललित व्यापार मेलामा अन्तर्राष्ट्रिय व्यापारीहरु पनि सहभागिता रहनेछन् । मेलाका संयोजक तथा संघका अध्यक्ष कृष्णलाल महर्जनले भने, ‘मुख्य आकर्षकको रुपमा सिंगो ललितपुरबाट जेष्ठ नागरिकलाई सम्मान गरिनेछ । यसैगरि, स्वणं महोत्सव जयन्तीको अवसरमा सिक्का निष्काशनको कार्यक्रमपनि राखिएको वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले अनलाइन पत्रिकालाई बताए ।

तपाईंको प्रतिकृया
Loading...