नाइटिङ्गेल स्कूलमा चिरिबाबुको ‘इन्ट्री’

loading...

नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कुलले रजत महोत्सव मनाएको छ । दुई दशक अघि २०४९ सालमा करिब ५० बिद्यार्थीबाट शुरु गरेको नाइटिंगेल बिद्यालयले रजत महोत्सव भव्यताका साथ मनाएको हो । स्थापनाकालदेखि यहाँसम्म आइपुग्दा लगातार तीनपटकसम्म सर्वोत्कृष्ट राष्ट्रिय पुरस्कार पाउन सफल भएको छ ।

सो विद्यालयले यसपटकको प्रवेशिका परीक्षाको ग्रेडिङ प्रणालीमा पनि नेपालमै दोस्रो स्थान ल्याउन सफल भएको थियो । ५० बिद्यार्थीबाट सुरु गरेको बिद्यालयमा अहिले तीन हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
नेपालको उत्कृष्ट विद्यालयको रुपमा चिनिएको सो नाइटिङ्गेलले रजत महोत्सवको अवसरमा मंगलबार भब्य कार्यक्रम सम्पन्न भएको छ ।

सोही अवसरमा विभिन्न प्रतियोगितामा विजयी छात्रछात्राहरुलाई पुरस्कृत गरिएको स्कूलकी प्रबन्ध निर्देशक रंजना प्रधानले बताइन् । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको प्रमुख आतिथ्यतामा भएको सो रजत महोत्सवमा विद्यालयका विद्यार्थीले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । उनीहरुले कलात्मक खेल पनि प्रदर्शन गरेका थिए ।

सो अवसरमा मेयर महर्जनले शिक्षा क्षेत्रमा नाइटिङ्गेल स्कुलले गरेको योगदान सह्राहनीय भएको बताए । उनले शिक्षाको विकासमा लागि शैक्षिक क्षेत्रमा सुधार गर्न जरुरी भएको पनि बताए । सो विद्यालयका संस्थापक अध्यक्ष तेजुलाल चौधरीले स्थापनाकालदेखि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रयासरत रहेकाले पनि आफ्नो विद्यालय देशभरमा उत्कृष्ट हुन सफल बनेको बताए । यो विद्यालय २०७२ मा संस्थागततर्फ सर्वोकृष्ट बनेको थियो ।

तपाईंको प्रतिकृया
Loading...